fb-pixel

हाम्रो बारेमा

नेपाली किसानको उत्पादन नेपाली उपभोक्ता माझ चमाल नेपालको प्रमुख खाद्यान्न रहदै आएको छ र पछिल्लो समय यसको खपत बढ्दो छ। बिक्रम सम्पति २०७८मा मात्रै ५० अर्ब बढीको चामल आयात भएको छ। आरजु राइस नेपालको एकमात्र पुर्ण स्वचालित किशन मैत्री मिल हो। मिलले किसान संग हातेमालो गर्दै किसान उधम्शिलता, कृषि प्राविधिकरण र कृषिलाई आधुनिकीकरण गर्दै चामलमा आत्मनिर्भर हुने र उपभोक्ता माझ उच्च गुणस्तरीय चामल उपलब्ध गराउने उदेश्य लिएको छ। हाम्रो अभियान यहि बाट सुरु हुन्छ ।

Birendra Bahadur Basnet - Executive Chairperson

किसानका लागि आरजु राइस मिल

१. पुर्व निर्धारित समर्थन मूल्य: आरजु राईस मिलले धान लगाउन अगवौ किसानहरुका लागि न्यूनतम समर्थन मूल्य तोक्ने गर्छ । यसले किसानहरुलाई टाढा टाढाको बजार खोजि राख्नु पर्दैन । यसको दोहरो फाईदा भनेको किसानलाई के कति आम्दानी हुन्छ भन्ने अग्रिम नै जानकारी हुन्छ । उनीहरुलाई बैंकसँग कारोवार गर्न मार्ग पनि प्रशस्त हुन्छ ।

३. बैंक मार्फत भुक्तानी: किसानहरुलाई चालुपुँजीका लागि स्थानीय स्तरमा बैंकसँग सहकार्य गर्नेछ । बैंकिङ प्रणालीमार्फत किसानलाई भुक्तानी गर्नेछ । केहीगरि किसानले बैंकबाट कर्जा लिएको छ भने,बैंकले पनि तुरुन्तै कर्जा रकमको ‘इन्सटलमेण्ट’ कट्टा गर्नेछ । किसान फेरिफेरि भुक्तानीका लागि बैंक गईराख्नु पर्दैन ।

५. स्थानीय र प्रदेश सरकार संग सहकार्य: उत्पादनको मापदण्ड अन्य राष्ट्र सरह बढाउँदै लग्ने आरजु राईस मिलको उद्देश्य रहेको छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरि बाली उत्पादनको चक्रलाई सहज र सरल बनाउनेछ ।

६. कृषि प्राविधिक उपकरण: उपलब्धता आरजु राईस मिलको कम्बाईन हार्भेष्टरबाट धान दाउनी र मिलसम्म धानको ढुवानीमा किसानसँग सहकार्य गर्नेछ । यसबाट किसानलाई अनावश्यक झन्झटबाट मुक्ति मिल्नेछ ।

२. बिउ बिजनको उपलब्धता: उपभोक्ताको माग बमोजिम आरजु राईस मिलले उन्नत जातका बीउबिजन किसानलाई सहज र सरल ढंगले उपल ब्ध गराउँछ ।

४. ४८ घण्टा भित्र भुक्तानी: धान खरिदपछि आरजु राईस मिलले दुई दिनभित्रै बैंकिङ प्रणालीमार्फत किसानलाई भुक्तानी गर्नेछ ।

७. प्रविधि कृषि जानकारी: कृषि विज्ञ र कृषि प्राविधिक संग किसान अन्तरक्रिया कार्यक्रम गरि, किसानहरुलाई कृषि सम्बन्धि प्राविधक जानकारी उपलब्ध गराउछ जसले गर्दा किसानहरुलाई बलि लगाउने, हेरचाह र मलजल सम्बन्धि जानकारी लिएर उत्पादन बढाउन सक्नेछन। उपभोक्ताको आरजु राइस मिल उपभोक्ता बजारमा गुणस्तरीय चामलको खोजीमा छन् । बजारमा गुणस्तरीय चामलको उपलब्धता निकै कम रहेको छ । अझ सिमापारीबाट आएका चामलहरुको गुणस्तरको प्रमाणिकरण भएको पाईदैन । उपभोक्ता चामलको रोजाईमा सिमिततामा बस्न बाध्य भएका छन् । अब आरजु राईस मिलले किसानसँगको सहकार्यमा गुणस्तरीय चामल, सहज र सरल ढंगले उपभोक्तामाझ सिधै ल्याउने योजना अनुरुप कार्य गरिरहेको छ ।

Birendra Bahadur Basnet - Executive Chairperson

कार्यकारी अध्यक्षको संदेश

आरजु राईस मिल नेपालको एक मात्र पुर्ण स्वचालित मिल हो। मिलले बार्षिक २२००० टन धान प्रसोधन गर्ने क्षमता रहेको छ। चैते ८००० टन र अगनी धान १४००० टन प्रसोधन हुन्छ। मिलमा चैते धान दैनिक २५० टन र अगनी धान ३५० टन सफा गरि सुकाएर भण्डारण गर्न सकिन्छ। चैते धान सिधै खरिद गर्ने सामर्थ्य आरजु राईस मिल बाहेक अरु संग छैन। चैते धान २४%–२५% नामी भएको धान आउछ त्यसको नामी १३% मा ल्याएर भण्डारण गर्नु पर्छ यस्तो प्रविधि नेपालमा आरजु राईस मिल संग मात्र छ । नमी कम गर्ने प्रविधि नहुदा किसानहरु चैते धान सस्तोमा बेच्न बाध्य छन। स्थानिय र प्रदेश सरकारले किसान र मिल संग हातेमालो गरेर बार्षिक ८००० टन चैते धान ग्यारेन्टी गरेर ल्याउने व्यवस्था गर्न सके किसानले मेहनत को उचित प्रतिफल प्राप्त गर्नसक्छन। चैते धान मध्य बर्षा मा दाउनि हुन्छ, किसानहरुमा चैते धान दाउनि र ढुवानी गर्ने अधिक समस्या छ त्यसको समाधानको लागि मिलले अत्याधुनिक ट्रयाक हर्भेस्टर र ट्रयाकटर को व्यवस्था गरेका छ। हर्भेस्टरबाट सिधै ट्रयाकटरमा जान्छ र ट्रयाकटरले मिल सम्म ढुवानी गर्छ। हामी नेपाली किसानद्वारा उपादित धान मात्र किन्छौं र नेपाली धानले मात्र मिल संचालन गर्छौं। यसकारण मिलसंग किसानहरुको स्वामित्व स्वतः आउछ।

संचालक समिति

बिरेन्द्र बहादुर बस्नेत
सुनिता बस्नेत (सिजापति)
आरजु बस्नेत
आस्था बस्नेत